ad ad

समाज


कञ्चनपुरमा आमा बलात्कार गरेको आरोपमा छोरा पक्राउ !

कञ्चनपुरमा आमा बलात्कार गरेको आरोपमा छोरा पक्राउ !

नेपालखबर
भदौ १९, २०७७ शुक्रबार ९:४२,

कञ्चनपुरमा आमा बलात्कार गरेको आरोपमा छोरा पक्राउ परेका छन्।

कञ्चनपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, डीएसपी अमर थापाका अनुसार जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्बर ६ का ३० वर्षीय विवाहित पुरुषलाई आमालाई बलात्कार आरोपमा पक्राउ गरिएको हो।

‘उनकी ५८ वर्षीया आमाले गरेको उजुरीका आधारमा उनलाई प्रहरीले पक्राउ गरेको हो,’ डीएसपी थापाले शुक्रबार दिउँसो नेपालखबरसँग भने, ‘अस्ति पक्राउ गरिएको उनीविरुद्ध हिजो ५ दिनको म्याद थप गरी जबर्जस्ती करणीको मुद्दा चलाएका छौं।’

साइनाेमा पर्ने आमा नभएर आफैंलाई जन्मदिने आमा भएको बुझिएको उनले बताए। ‘हाम्रो समाजमा कस्ता कस्ता घटना हुन थाले, अचम्म छ,’ उनले भने।

डीएसपी थापाका अनुसार पीडित महिलाका श्रीमान् छैनन्, केही वर्षअघि नै मृत्यु भएको हो। ती अभियुक्त छोराका श्रीमती पनि केही समयदेखि घरमा छैनन्। दुइटा बच्चा भने हजुरआमा (पीडित महिला) सँगै बस्छन्।

‘ऊ, उसकी पत्नी इन्डियातिर जाने गरेका रहेछन्,’ डीएसपी थापाले भने, ‘अहिले पनि उसकी पत्नी घरबाहिरै रहिछन्। घरमा आमा, दुइटा बच्चा र ऊ बस्ने गरेका रहेछन्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .