ad ad

समाज


कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु, मृतकको संख्या २५७ पुग्यो

कोरोना संक्रमणबाट थप ६  जनाको मृत्यु, मृतकको संख्या २५७ पुग्यो

नेपालखबर
भदौ १८, २०७७ बिहिबार ११:२,

नेपालमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ।

बिहीबारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले कोरोना भाइरसको संक्रमणबाट थप ६ जनाको मृत्यु भएको बताए।

मृत्यु हुनेमा ४ महिला र २ जना पुरुष रहेका छन्।

प्रवक्ता गौतमका अनुसार चितवनकी ४०, भक्तपुरकी ४०, तनहुँकी ९२, रुपन्देहीकी ७७ वर्षीया महिलाको मृत्यु भएको हो।

त्यस्तै रुपन्देहीका ६५ र सिन्धुपाल्चोकका ७७ वर्षीय पुरुषको पनि संक्रमणबाट मृत्यु भएको छ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २५७ पुगेको छ।

यो जम्मा संक्रमितमध्ये ०.६ प्रतिशतको मृत्यु भएको प्रवक्ता गौतमले बताए।

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २२८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

प्रवक्ता गौतमका अनुसार आज संक्रमित हुनेमा ३९४ महिला र ८३४ जना पुरुष रहेका छन्।

आज नेपालमा संक्रिय संक्रमितको संख्या १८ हजार ८१३ रहेको छ। पछिल्लो २४ घण्टामा
१३ हजार ४१३ जनाको पीसीआर परीक्षण गरिएको थियो।

त्यस्तै पछिल्लो २४ घण्टामा थप ९१७ जना कोरोना संक्रमित निको भएका छन्। योसँगै निको हुनेको संख्या २४ हजार २०७ पुगेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .