पाकिस्तानले टिन्डरलगायत डेटिङ एपहरुमा प्रतिबन्ध लगाएको छ।
‘अनैतिक’ र ‘अभद्र’ सामग्रीमा प्रतिबन्ध लगाउने प्रयासस्वरुप यो कदम चालिएको पाकिस्तान टेलिकम्युनिकेसन अथोरिटी (पीटीए)ले जनाएको छ।
पीटीएका अनुसार पाकिस्तानी कानुनअनुरुप आफ्ना सामग्री प्रस्तुत गर्न नसकेका कारण टिन्डर, ग्राइन्डर, सेहाइ, ट्याग्गडलगायत डेटिङ एप्समा प्रतिबन्ध लगाइएको छ।
यही कारण युट्युबलाई पनि बन्द गर्ने धम्की दिइएको छ। गत जुलाईमा अश्लील सामग्री फिल्टर गर्न भन्दै पाकिस्तानी अधिकारीहरुले टिकटकलाई अन्तिम चेतावनी दिएका छन्। एजेन्सी
3
Shares
प्रतिक्रिया