ad ad

समाज


सेभियाले सस्तैमा हात पार्‍यो राकिटिच

सेभियाले सस्तैमा हात पार्‍यो राकिटिच

नेपालखबर
भदौ १६, २०७७ मंगलबार १३:५१,

बार्सिलोनाका मिडफिल्डर इभान राकिटिच आफ्नो पुरानो क्लब सेभिया फर्किने टुंगो लागेको छ।

३२ वर्षीय क्रोएसियाली खेलाडी राकिटिचलाई किन्ने विषयमा बार्सिलोनासँग सम्झौता भएको सेभियाले घोषणा गरेको छ।

उनका लागि सेभियाले बार्सिलोनालाई सुरुवाती १५ लाख युरो तिर्ने सम्झौता भएको बताइएको छ।

६ वर्ष बार्सिलोनामा रहेका राकिटिचले ३ सय १० खेलमा ३६ गोल गरेका छन्।

बार्सिलोनामा नयाँ प्रशिक्षकका रुपमा रोनाल्ड कोम्यान आएसँगै उनले पाका खेलाडीहरुलाई पन्छाउने क्रम सुरु गरेका छन्। यसैक्रममा राकिटिच बाहिरिएका हुन्।

पछिल्लो समय लियोनल मेस्सीले बाहिरिने अडान नछाडेपछि बार्सिलोना ठूलो संकटमा परेको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .