ad ad

समाज


नेपाली सेनाको एकै ब्यारेकका २१ जनामा कोरोना संक्रमण

नेपाली सेनाको एकै ब्यारेकका २१ जनामा कोरोना संक्रमण

गोकुल जोशी
भदौ १६, २०७७ मंगलबार ११:८,

सुदूरपश्चिममा मंगलवार ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

जिल्ला अस्पताल डोटी र डडेल्धुरा अस्पतालमा गरिएको परीक्षणमा थप ८७ जनामा संक्रमण पुष्टि भएको हो।

जिल्ला अस्पताल डोटीमा गरिएको परीक्षणमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले बताए।

उनका अनुसार डोटीको सुल्लेखका २१ पुरुष, शिखर नगरपालिका–१ का दुई पुरुष र केआईसिंह गाउँपालिका–४ का एक पुरुषमा संक्रमण पुष्टि भएको हो।

अछामको रामारोशन गाउँपालिकका दुई महिला र दुई पुरुष गरी चार जना, बान्नीगढी जयगढ गाउँपालिकाका दुई पुरुष र वडा नम्वर १ का एक पुरुषमा संक्रमण पुष्टि भएको श्रेष्ठले बताए।

उता डडेल्धुरा अस्पतालमा गरिएको परीक्षणमा ५६ जनामा संक्रमण पुष्टि भएको प्रयोगशाला इन्चार्ज ईश्वरीप्रसाद भुसालले बताए।

बझाङको केदास्युँ गाउँपालिकाका १६, बुंङ्गल नगरपालिकाका १४, थलारा गाउँपालिकाका ४, छब्बिसपाथिभारा गाउँपालिकाका २, बिथ्थडचिर गाउँपालिकाका २, अछामको पञ्चदेवल बिनायक नगरपालिकाका ५ जनामा संक्रमण पुष्टि भएको डडेल्धुरा अस्पतालले जनाएको छ।

यस्तै बैतडीको सिगास गाउँपालिकाका ८, मेलौली नगरपालिकाका २, पुर्चौडी नगरपालिकाका १ र डडेल्धुराको गन्यापधुरा गाउँपालिकाका २ जनामा संक्रमण पुष्टि भएको छ।

नेपाली सेनाको एकै ब्यारेकका २१ जनामा संक्रमण
डोटीमा नेपाली सेनाको एकै ब्यारेकमा कार्यरत २१ जना कोरोना संक्रमण पुष्टि भएको खुलेको छ।

जिल्लाको दीपायल–सिलगढी नगरपालिका–४ सुल्लेखस्थित नेपाली सेनाको ब्यारेकमा कार्यरत २१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले बताए।

डोटी अस्पतालमा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो।

‘भदौ १३ गते २२ जनाको स्वाब लिएका थियौँ, उनीहरुमध्ये २१ जनामा संक्रमण पुष्टि भएको छ,’ स्वास्थ्य कार्यालयका प्रमुख मलासीले नेपालखबरसंग भने।

नेपाली सेनाको ब्यारेकमा फैलिएको कोरोना संक्रमणको स्रोत भने पहिचान हुन सकेको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .