काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ४८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले उपत्यकाका तीन जिल्लामा ४८१ जनामा कोरोना पुष्टि भएको बताए।
उनका अनुसार उपत्यकाका काठमाडौँ ३९३, ललितपुरमा ५८ र भक्तपुर ३० जनामा काेराेना संक्रमण पुष्टि भएकाे हाे।
उपत्यकामा संक्रमित हुनेको संख्या यो अहिलेसम्मकै उच्च हो।
प्रतिक्रिया