केन्द्रीय कारागार सुन्धारामा चार जना कैदीको ज्यान गएको छ। एक जनाको सोमबार राति र तीन जनाको मंगलबार बिहान ज्यान गएको कारागार प्रमुख लक्ष्मीप्रसाद बाँस्कोटाले बताए।
यीमध्ये एक जनामा कोरोना संक्रमण देखिएपछि राजधानीकै मेगा अस्पतालमा उपचार भइरहेको थियो।
बाँकी तीन जनाको वीर अस्पतालमा ज्यान गएको हो।
कोरोना संक्रमणबाट कन्चनपुरका एक पुरुषको ज्यान गएको हो।
ज्यान जाने अन्य तीनजना ६० वर्षीय, ६४ वर्षीय र ५८ वर्षीय पुरुषहरु बाहिरबाट ल्याइएका कैदी हुन्।
उपचारका लागि केन्द्रीय कारागारस्थित अस्पतालमा ल्याइएको थियो। केन्द्रीय कारागारमा मात्रै कोरोना संक्रमित कैदीको संख्या ५२ पुगेको छ।
प्रतिक्रिया