ad ad

समाज


शिक्षामन्त्री पोखरेललाई पूर्वप्रधानमन्त्री डा. भट्टराईका तीन सुझाब

शिक्षामन्त्री पोखरेललाई पूर्वप्रधानमन्त्री डा. भट्टराईका तीन सुझाब

नेपालखबर
भदौ १६, २०७७ मंगलबार ४:२३,

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले तीन बुँदे सुझाब दिएका छन्।

सामाजिक सञ्जाल ट्विटरमार्फत डा. भट्टराईले शिक्षा मन्त्रालयमार्फत राम्रो काम गरेर पदचिन्ह छाड्ने भए भन्दै उनले तीन बुँदे सुझाब दिएका हुन्।

राष्ट्रिय पुस्ताकलय दिवसको अवसरमा शिक्षामनत्री पोखरेले ट्विटरमार्फत दिएको शुभकामनामाथि प्रतिक्रिया व्यक्त गर्दै जनता समाजवादी पार्टीका नेता भट्टराईले जनप्रतिनिधि, शिक्षक र कर्मचारीले अनिवार्य रूपमा आफ्ना सन्तान सार्वजनिक विद्यालयमा पढाउनुपर्ने व्यवस्था गर्न सुझाब दिएका छन्।

त्यस्तै डा भट्टराईले विश्वविद्यालयमा भागबण्डा अन्त्य गर्न र जमलस्थित राष्ट्रिय पुस्तकालय र देशैभर सार्वजनिक पुस्तकालयको सञ्जाल बनाउन शिक्षामन्त्री पोखरेललाई सुझाब दिएका हुन्।

‘शिक्षामन्त्री गिरिराजमणि पोखरेलले कुनै पदचिन्ह छोड्ने भए यसो गर्नोस् : १, जमलमा राष्ट्रिय पुस्तकालय र देशैभर सार्वजनिक पुस्तकालयको सञ्जाल बनाउनोस्, २, जनप्रतिनिधि, शिक्षक र कर्मचारीले अनिवार्य रूपमा आफ्ना सन्तान सार्वजनिक विद्यालयमा पढाउनुपर्ने गर्नोस्, ३, विश्वविद्यालयमा भागबण्डा अन्त्य गर्नोस्’, सामाजिक सञ्जाल ट्विटरमा डा. भट्टराईले लेखेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .