ad ad

समाज


कोरोना संक्रमणबाट १८ वर्षीया युवतीसहित थप ४ जनाको मृत्यु

कोरोना संक्रमणबाट १८ वर्षीया युवतीसहित थप ४ जनाको मृत्यु

नेपालखबर
भदौ १६, २०७७ मंगलबार २:३७,

कोरोना संक्रमणको कारण चितवन र पर्सामा थप चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एक १८ वर्षीया युवतीसमेत छिन्।

वीरगञ्जमा सोमबार राति ५३ वर्षीय पुरुषको मृत्यु भएको छ। विगत १७ दिनदेखि नारायणी अस्थायी वीरगन्ज हेल्थ केयर कोरोना अस्पतालमा उपचाररत उनी वीरगन्ज महानगरपालिका २० का बासिन्दा हुन्।

कोरोना संक्रमण पुष्टि भएपछि ३१ साउनमा उनलाई अस्पताल भर्ना गरिएको थियो। वीरगन्ज हेल्थ केयर कोरोना अस्पतालकी फोकल पर्सन भूमिका अधिकारीका अनुसार सोमबार राति पौने एक बजे उनको मृत्यु भएको हो। ‘उहाँमा मधुमेह र मिर्गौलाकोसमेत समस्या थियो,’ मंगलबार बिहान नेपालखबरसँग अधिकारीले भनिन्।

यसैबीच चितवनमा सोमबार मृत्यु भएका तीन जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

भरतपुर अस्पतालमा सोमबार दिउँसो तीन जनाको केही समयको फरकमा मृत्यु भएको थियो। कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका उनीहरुमा मृत्युपछि संक्रमण पुष्टि भएको अस्पताल प्रशासनले जनाएको छ।

मृत्यु हुनेमा भरतपुर ११ की १८ वर्षकी युवती र ६५ वर्षीय पुरूष तथा खैरहनी नगरपालिका–१३ की ५५ वर्षीया महिला छन्।

अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार एक जनाको मृत्यु नहुँदै र दुई जनाको मृत्यु भइसकेपछि नमूना संकलन गरिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .