ad ad

समाज


कञ्चनपुरमा चट्याङबाट एक युवकको मृत्यु, तीन घाइते

कञ्चनपुरमा चट्याङबाट एक युवकको मृत्यु, तीन घाइते

नेपालखबर
भदौ ११, २०७७ बिहिबार ७:८,

कञ्चनपुरको पुनर्वास नगरपालिका– ११ अमरबस्तीमा चट्याङ लागेर बुधबार राति एक युवकको मृत्यु भएको छ।

मृत्यु हुनेमा २७ वर्षीय गणेशबहादुर सिंह रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए।

चट्याङ लागेर घाइते भएपछि युवकलाई उपचारका लागि धनगढी लैजाँदा चिकित्सकले मृत घोषणा गरेका थिए। प्रहरी नायव उपरीक्षक थापाले भने, ‘चट्याङबाट अन्य तीन जना घाइते भएका छन्।’

उनका अनुसार घाइते हुनेमा अमरबस्तीका ३० वर्षीय लालबहादुर बोगटी, १६ बर्षीय भावना भुल र ३७ वर्षीय पशुपति सार्की रहेका छन्। उनीहरुको धनगढीमा उपचार भइरहेको छ।

त्यसैगरी यहाँको कृष्णपुर नगरपालिकामा रहेको मछेली नदीको टापूमा फसेकी कृष्णपुर नगरपालिका–२ का मनुदेवी सार्कीलाई प्रहरीले आठ घण्टापछि सकुशल उद्धार गरी आफन्तको जिम्मा लगाएको जनाएको छ।

 ‘घाँस काट्न गएका बेला नदीमा पानीको बहाव बढेपछि मनुदेवी नदीको टापूमा फसेको खबरपछि जिल्लाबाट विपद् व्यवस्थापनको टोली गएर उद्धार गरेको हो’ प्रवक्ता थापाले भने ‘उहाँको मध्यराति सकुशल उद्धार गरी परिवारको जिम्मा लगाएका हौं।’ रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .