ad ad

समाज


भारत निकासी गर्न लागिएकाे ७५ बोरा केराउ बरामद

भारत निकासी गर्न लागिएकाे ७५ बोरा केराउ बरामद

नेपालखबर
भदौ ९, २०७७ मंगलबार १५:३८,

सशस्त्र प्रहरी टोलीले सप्तरी जिल्लाको हनुमाननगर कंकालिनीमाई नगरपालिका ११ चकुवाबाट चोरी निकासीको एक सय ७५ बोरा केराउ बरामद गरेको छ।

सप्तकोशी नदी हुँदै ६ वटा डुङ्गामा राखेर अवैध रुपले भारततर्फ लैजाँदै गरेको अवस्थामा उक्त केराउ सशस्त्र प्रहरी बल, नेपाल नम्बर ६ गण सप्तरीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो।

त्यसवेला एपीएफ टोलीले उक्त केराउ लैजान प्रयोग भएको छ वटै डुङ्गा समेत बरामद गरेको छ।

बरामद केराउ तथा डुङ्गा स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ।बरामद केराउ र डुङ्गाको भन्सार दाखिला मुल्य दुई लाख ४७ हजार रुपैयाँ रहेको छ।

यसैगरी सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३० गण बाँकेबाट खटिएको एपीएफ टोलीले भाद्र ८ गते करीव एक लाख ५५ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ।

भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको लत्ताकपडा र सुर्तीजन्य पदार्थ एपीएफ टोलीले बाँके जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका १६ थुकैला स्थित सीमा ईलाकाबाट बरामद गरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .