सुदूरपश्चिममा आइतबार थप ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ३३ जनामा संक्रमण पुष्टि भएको हो। डडेल्धुरा अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालाका प्रमुख ईश्वरी प्रसाद भुसालका अनुसार आइतबार सबैभन्दा बढी अछामका २३ जनामा संक्रमण पुष्टि भएको छ।
अछामको मंगलसेन नगरपालिकाका १७ जना, पञ्चदेवल बिनायक नगरपालिकाका ६ जना, बझाङको केदारस्यु गाउँपालिकाका २ जना, बुङगल नगरपालिकाका एक, बैतडीको पाटन नगरपालिकाका २ जना, सुर्नाया गाउँपालिकाका एक र जिल्ला अस्पतालका एक जनामा संक्रमण पुष्टि भएको डडेल्धुरा अस्पतालले जनाएको छ।
यस्तै डडेल्धुराको गन्यापधुरा गाउँपालिका, अजयमेरु गाउँपालिका र दार्चुलाको मालिकार्जुन गाउँपालिकाका एक/एक जनामा संक्रमण पुष्टि भएको हो।
6
Shares
प्रतिक्रिया