ad ad

समाज


१६ लाख रुपैयाँ फालेर मोटरसाइकल चालक फरार

१६ लाख रुपैयाँ फालेर मोटरसाइकल चालक फरार

नेपालखबर
भदौ ७, २०७७ आइतबार ९:१४,

महागढीमाई नगरपालिका–७ बेनौलीस्थित सडकबाट एक व्यक्तिले प्रहरीलाई देख्नासाथ १६ लाख रुपैयाँ नगदसहितको झोला फालेर भागेका छन्।

पश्चिम बेनौली चोकतर्फबाट आएको मोटरसाइकललाई प्रहरीले जाँच गर्ने क्रममा चालकले आफ्नो साथमा बोकेको झोला फालेर फरार भएपछि झोलामा राखेको अवस्थामा १ हजार दरको ७ सय ६२ थान र ५ सय दरको १ हजार ६ सय ७६ थान गरी जम्मा १६ लाख रुपैयाँ फेला परेको हो।

फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .