ad ad

समाज


दमकमा लकडाउनको अवधि एकसाता थप

दमकमा लकडाउनको अवधि एकसाता थप

नेपालखबर
भदौ ७, २०७७ आइतबार ४:५१,

सङ्क्रमण तीव्र फैलिँदै गएपछि झापाको दमकमा एक साताका लागि लकडाउन थपिएको छ।

दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीको अध्यक्षतामा नगरपालिकामा शनिबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिको सर्वपक्षीय बैठकले कोरोना सङ्क्रमित बढेको भन्दै लकडाउनलाई भदौ १३ गते राति १२ बजेसम्म थप गर्ने निर्णय गरेको हो।

बैठकमा जनप्रतिनिधिहरुसहित राजनीतिक दल, सुरक्षा अधिकारी तथा स्थानीय सामाजिक संघसंस्थाका प्रतिनिधिको सहभागिता थियो। यसअघि दमकमा कोरोनाको जोखिम बढेको भन्दै एक सातासम्म लकडाउन गर्ने निर्णय गरिएको थियो।

त्यसको समयसीमा शनिबार सकिँदै थियो तर शनिबार नै थप १६ जनामा एकैसाथ कोरोना सङ्क्रमण पुष्टि भएपछि नगरपालिका लकडाउन थप गर्ने निष्कर्षमा पुगेको प्रवक्तासमेत रहेकी दमक नगरपालिकाकी उपप्रमुख गीता अधिकारीले जानकारी दिइन्।

उनका अनुसार शनिबार सङ्क्रमित हुनेमा नेपाल विद्युत् प्राधिकरणका सात कर्मचारी, आठ प्रहरी र दमक फार्मेसीका एक जना छन्। योसँगै दमकमा कोरोना सङ्क्रमितको सङ्ख्या ६६ पुगेको छ।

दमक फार्मेसीका एक पुरुषमा कोरोना देखिएसँगै फार्मेसी सिल गरिएको छ। दमकमा समुदायमा पनि कोरोना सङ्क्रमित फेला पर्न थालेको भन्दै नगरपालिकाले नगरक्षेत्रभरि गत साउन ३२ देखि लकडाउन गरेको छ।

सङ्क्रमितमध्ये अहिलेसम्म १४ जना उपचारपछि घर फर्किएका छन् भने अन्यको कोभिड अस्पताल तथा विभिन्न होम आइसोलेसनमा उपचाररत रहेको स्वास्थ्य शाखाका अधिकृत नगेन्द्र भट्टराईले जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .