ad ad

समाज


माधव नेपालका पीएसओसहित ९ सुरक्षाकर्मीमा कोरोना पुष्टि, परिवारको रिपोर्ट भने नेगेटिभ

माधव नेपालका पीएसओसहित ९ सुरक्षाकर्मीमा कोरोना पुष्टि, परिवारको रिपोर्ट भने नेगेटिभ

नेपालखबर
भदौ ६, २०७७ शनिबार ६:५४,

 नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ट नेता माधवकुमार नेपालका पीएसओसहित ९ सुरक्षाकर्मीमा कोरोना पुष्टि भएको छ।

पूर्वप्रधानमन्त्री समेत रहेका नेपालका पीएसओ र पछुवा गाडीको चालकसहित उनको सुरक्षामा खटिने सशस्त्र प्रहरीका ९ जनामा शनिबार कोरोना पुष्टि भएको हो।

नेता नेपालका स्वकीय सचिव मोहन गौतमका अनुसार नेपाल परिवार र उनको सुरक्षामा खटिने सुरक्षाकर्मीको गरी ३३ जनाको शुक्रबार स्वाब संकलन गरिएको थियो। शनिबार आएको रिपोर्टमा ९ सुरक्षाकर्मीमा कोरोना देखिएको भए पनि परिवारका सदस्यको रिपोर्ट भने नेगेटिभ आएको उनले बताए।

उनले पीएसओ र सुरक्षाकर्मीमा कोरोना पुष्टि भएसँगै पुनः नेपाल परिवारको स्वाब लिने तयारी भइरहेको जानकारी दिए।

उनले संक्रमण पुष्टि भएको ९ जना सुरक्षाकर्मी आइसोलेसनमा गइसकेको र परिवारका सदस्यहरु होम क्वारेन्टिनमा रहेको जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .