अमेरिकाका कोरोना संक्रमण घट्ने संकेत देखिएको अनुमान गरिएको छ। तर यस विषयमा एकमत देखिएको छैन।
जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार अमेरिकामा बितेको एक महिनामा ४७ हजार ३ सय नयाँ संक्रमित देखिएका छन्।
जुलाई २२ मा औसत रूपमा साप्ताहिक संक्रमण दर ६७ हजार ३१७ थियो। यसअघि जुलाई १७ मा भने एक दिनमै ७५ हजारभन्दा बढी संक्रमित भेटिएका थिए।
अमेरिकामा कोरोना भाइरस परीक्षणको नेतृत्व गरिरहेका ह्वाइट हाउस फिजिसियन बे्रट गिरोयरले अब अमेरिकामा कोरोना संक्रमण सामान्य गतिमा देखिएको बताएका छन्।
तर कतिपय विश्लेषकले परीक्षण नै कम गरिएका कारण अमेरिकामा संक्रमित कम फेला परेको टिप्पणी गरेका छन्। बीबीसी
प्रतिक्रिया