ad ad

समाज


न्युयोर्कका गभर्नर एन्ड्र्यु कुमोले कोरोना भाइरसलाई ‘युरोपेली भाइरस’ भने

न्युयोर्कका गभर्नर एन्ड्र्यु कुमोले कोरोना भाइरसलाई ‘युरोपेली भाइरस’ भने

नेपालखबर
भदौ २, २०७७ मंगलबार ८:१८,

डेमोक्रेटिक पार्टीको राष्ट्रिय सम्मेलनका क्रममा कुमोले सोमबार कोरोना भाइरसलाई युरोपेली भाइरसको संज्ञा दिँदै यस भाइरसले अमेरिकामा ठूलो क्षति पुर्याएको बताए।

उनले भनेका छन्,‘हाम्रो वर्तमान संघीय सरकार काम नलाग्ने र असक्षम छ। भाइरससँग यो सरकारले लड्न सकेन, वास्तवमा यो सरकारले भाइरस देशमा आएकै देखेन। युरोपेली भाइरसले देशको उत्तर–पूर्वी क्षेत्रमा प्रभाव पारीसक्दा ह्वाइट हाउस अझै चीनमा अड्किएको थियो।’

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइसलाई ‘चिनियाँ भाइरस’ भन्ने गरेका थिए। त्यसबेला डब्लूएचओले कोरोना भाइरसलाई क्षेत्रीय नाम दिन नहुने र यसविरुद्ध एक भएर लड्नुपर्ने बताएको थियो।

स्वास्थ्य विज्ञहरुले यसअघि चीनमा देखिएको कोरोना भाइरसभन्दा युरोपमा देखिएका भाइरस घातक भएको बताएका थिए।

हाल कोरोनाविरुद्धको खोप बनाउने कार्य विश्वभर जारी छ। पछिल्लो सयम रुस, अमेरिका, चीन तथा बेलायतले कोरोनाको खोप बनाउनमा फड्को मारेका छन्।

रुसले कोरोनाविरुद्धको खोपलाई देशमा प्रयोग गर्न अनुमति दिइसकेको छ भने अन्य देशले खोपको अन्तिम परीक्षण बाँकी रहेको बताएका छन्। एससीएमपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .