ad ad

समाज


लिदीमा किन पहिरो गयो?

लिदीमा किन पहिरो गयो?

नेपालखबर
साउन ३२, २०७७ आइतबार ११:६,

सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ लिदीमा पानीको उचित व्यवस्थापन हुन नसक्दा पहिरो गएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ।

भूकम्पपछि बस्ती उच्च जोखिममा रहेको भएपनि सरकारले व्यवस्थापनमा ध्यान नदिएको भन्ने टिप्पणी भइरहेका बेला प्राधिकरणले यस्तो बताएको हो। प्राधिकरणका कार्यकारी समिति सदस्य डा. चन्द्र बहादुर श्रेष्ठले पानीको व्यवस्थापन हुन नसक्दा पहिरो गएको बताए।

त्यस ठाउँमा भूकम्पपछि लगत्तै पहिरो गएको उल्लेख गर्दै उनले भने, ‘प्राधिकरणको नेतृत्वमा त्यतिबेला अध्ययन भएको थियो। अध्ययनले बस्ती केही पनि गर्न नपर्ने गरी १ नम्बर क्याटागोरीमा देखायो। त्यसपछि फेरि प्राधकिरणले अध्ययन गर्दा बस्ती नै सार्न नपर्ने तर पर्खाल लगाएर केही सुधार गर्नुपर्ने देखिएको थियो। क्याटागोरी २ मा थियो। बस्ती नै सार्नुपर्ने भन्ने अवस्था थिएन।’

पानीको उचित निकासका लागि स्थानीय सरकारले काम नै गर्न नसकेको उनले बताए।

‘लिदीमा पानीको व्यवस्थापन हुन नसक्दा पहिरो गयो। पानीको निकास भएको भए पहिरो जाने थिएन। पानी फर्काएर खोल्सोमा पठाउने व्यवस्था स्थानीय सरकारले गरेको भए पहिरो जाने थिएन,’ उनले भने।

नेपालमा ३० डिग्रीभन्दा बढीको स्लोपमा रहेका बस्तीहरु पहिरोको उच्च जोखिममा रहेको भएपनि लिदीको अवस्था त्यस्तो नभएको उनको भनाई छ।

लिदीमा पहिरोले ३७ घर ध्वस्त पारेको छ। ठूलो जनधनको क्षती समेत गरेको छ।

भूकम्पपछि सिन्धुपाल्चोक, दोलखा, गोरखा, धादिङ, नुवाकोट, रसुवा, रामेछाप, काभ्रे लगायत १४ जिल्लाहरु पहिरोको उच्च जोखिममा रहेका छन्। यस्तै ३१ जिल्लाहरु पहिरोको जोखिममा छन्।

प्राधिकरणले ४ हजार ८ सय २९ बस्ती पहिरोको उच्च जोखिममा रहेको जनाएको छ। अहिलेसम्म ४ हजार १७६ बस्ती व्यवस्थापन भइसकेको भएपनि अझै ५ सय बस्ती जोखिममा रहेको उनले बताए।

पहिरोको जोखिम कम गर्न ३० डिग्रीभन्दा बढीको स्लोपमा रहेका जोखिमयुक्त बस्तीलाई सुरक्षीत स्थानमा सार्नुपर्ने, बालीनाली लगाउने प्रकृयामा सुधार गर्नुपर्ने र पानीको व्यवस्थापन गर्नुपर्ने उनले बताए।

कोरोनाका कारण प्राधिकरणले निर्माण गरिरहेका निजी आवास निर्माण तथा ऐतिहासिक सम्पदाहरुको निर्माणमा समस्या भएको बताए। आर्थिक वर्षको अन्तिमसम्म निजी आवास निर्माणको सबै काम सम्पन्न गरिसक्ने योजना रहेपनि कोभिडका कारण अझै १२ प्रतिशत काम बाँकी रहेको बताए।

सडक निर्माणको काम पनि एक वर्षपछि धकेलिएको उनले बताए। यस्तै धरहरामा ढलानको सबै काम सम्पन्न गर्ने योजना भएपनि कोभिडले केही ढिलाइ भएको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .