त्रिभुवन विश्व विद्यालयले भदौ दोस्रो हप्तादेखि सञ्चालन हुने भनिएका व्यवस्थापन संकाय स्नातक र स्नातकोत्तर तहका परीक्षा पुनः स्थगित गरेको छ।
त्रिवि व्यवस्थापन संकाय परीक्षा नियन्त्रण महाशाखाले सोमबार सूचना प्रकाशित गरी ‘हाल कोभिड–१९ को महामारी बढिरहेको र जिल्ला प्रशासन कार्यालयहरुबाट विभिन्न जिल्लामा निषेधाज्ञा समेत जारी भएकोले यस संकायको परीक्षा नियन्त्रण महाशाखाद्वारा लिइने सम्पूर्ण परीक्षाहरु अर्को सूचना नभएसम्मको लागि स्थगित गरिएको’ जनाएको छ।
यस अघि महाशाखाले लकडाउन खुलेलगत्तै साउन ९ गते सूचना प्रकाशित गरी स्थगित परीक्षाहरु भदौ दोस्रो सातादेखि हुने जनाएको थियो।
प्रतिक्रिया