ad ad

समाज


काठमाडौंमा भर्खर जन्मिएको शिशु फालिएको अवस्थामा फेला, आमा पत्ता लाग्यो, बाउ बाँकी

काठमाडौंमा भर्खर जन्मिएको शिशु फालिएको अवस्थामा फेला, आमा पत्ता लाग्यो, बाउ बाँकी

नेपालखबर
साउन २४, २०७७ शनिबार १०:५०,

काठमाडौं महानगरपालिका वडा नम्बर ३२, पेप्सीकोलास्थित मकैबारीमा फालिएको अवस्थामा भर्खर जन्मिएको शिशु फेला परेको छ ।

काठमाडौं महानगरीय प्रहरी परिसरका प्रवक्ता डीएसपी राजकुमार केसीका अनुसार शनिबार बिहान ७ बजेतिर मदरल्यान्ड अस्पताल नजिकै पछाडि  बेवारिसे अवस्थामा नवजात शिशु फेला परेको हो। शिशु जीवितै भेटिएकाे हाे। 

खोजी गर्दैै जाँदा शिशुको आमा १७ वर्षीया किशोरी पनि प्रहरीले पत्ता लगाएको डीएसपी केसीले जानकारी दिए।

‘१७ वर्षकी किशोरी भएकाले नाम ठेगाना नखुलाऊँ,’ डीएसपी केसीले भने, ‘हामी शिशुको बाउको खोजी गरिरहेका छौं।’

प्रहरीका अनुसार शिशु र आमा दुवैलाई अहिले ललितपुरस्थित साथी संस्थाको संरक्षणमा राखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .