ad ad

समाज


लागुऔषधसहित एक पक्राउ

लागुऔषधसहित एक पक्राउ

नेपालखबर
साउन २०, २०७७ मंगलबार ६:१४,

जिल्ला प्रहरी कार्यालयले लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ।

दार्चुला सदरमुकाम खलंगास्थित नेपाल–भारत जोड्ने झोलुंगे पुल सञ्चालनमा आएपछि महाकाली नगरपालिका–४ का ३५ वर्षीय राजेश निरौला पक्राउ परेका हुन्।

सोमबार बेलुकी सो झोलुंगे पुल सञ्चालनमा आएको थियो। पुल खुला अएको समयमा धार्चुलाबाट लागुऔषध लिएर आएका निरौलालाई जाँचका क्रममा पक्राउ गरिएको प्रहरी निरीक्षक भाष्कर चन्दले जानकारी दिए। भारतको धार्चुलामा कोरोना संक्रमणबाट मृत्यु भएका एक नेपालीको दाहसंस्कारमा सहभागी हुन पुल सञ्चालनमा ल्याइएको थियो। तर, पुल खुलेसँगै दार्चुला र धार्चुलाबाट स्थानीय पुलमा आवतजावत बढेको थियो।

यसैबीच ,प्रहरीले नेत्रविकम चन्द समूहका नेता विष्णुराज लेखकलाई पक्राउ गरेको छ। यही साउन ८ गते शैल्यशिखर नगरपालिका–९ का वडाध्यक्ष रामधनी विष्ट सवार मोटरसाइकल आगजनीमा संग्लन रहेको अभियोग उनमाथि लगाइएको छ।

यसअघि प्रहरीले सो घटनामा संग्लन रहेको अभियोगमा शैल्यशिखर–२ रतौडा घर भएका चन्द समूहका जिल्ला कमिटी सदस्य प्रताव वड, चक्रमान विक तथा शैल्यशिखर–३ लुइटाका धनीराम लावडलाई पक्राउ गरेको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .