ad ad

समाज


नेपालमा थप ४१८ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमितकाे संख्या ५ हजार ७३२

नेपालमा थप ४१८ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमितकाे संख्या ५ हजार ७३२

नेपालखबर
साउन १९, २०७७ सोमबार १०:४५,

नेपालमा पछिल्लो २४ घण्टामा फेरि ४ सय १८ जना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलन गरी कोरोना संक्रमणको पछिल्लो अवस्थाबारे जानकारी दिएको हो।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभर विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उक्त संक्रमितहरु थपिएको बताए।

नेपालमा सक्रिय संक्रमित ५ हजार ७ सय ३२ (२७.६ प्रतिशत) जना रहेका छन्। त्यस्तै हालसम्म १४ हजार ९ सय ६१ जना डिस्चार्ज (७२.१ प्रतिशत) भएको गौतमले जानकारी दिए। 

नेपालमा हालसम्म ५७ जना (०.२८ प्रतिशत)को मृत्यु भइसकेको छ।

त्यस्तै हालसम्म ३ लाख ९८ हजार ९ सय ७ (१.३ प्रतिशत) जनाको आरटी पीसीआर नमूना संकलन भएको छ। त्यसमध्ये कुल २० हजार ७ सय ५० जनामा कोरोना पोजिटिभ देखिएको छ।

यो पनि :
एकैदिन कैलालीका ६६ जनामा संक्रमण पुष्टि, प्रयोगशालाअनुसार कुन जिल्लामा कति संक्रमित थपिए?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .