अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्रोत नखुलेको साढे १४ लाख रुपैयाँसहित दाङको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णकान्त उपाध्यायलाई पक्राउ गरेको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले शुक्रबार बेलुका चन्द्रागिरी नगरपालिकाको नागढुंगाबाट उपाध्यायलाई सो रकमसहित पक्राउ गरेको हो।
प्रमुख प्रशासकीय अधिकृत उपाध्यायको साथबाट एक लाख २४ हजार सात सय ५० नगद, फिक्स डिपोजिट गरेको चार लाख २९ हजारको रसिद र आठ लाख ९५ हजार बिल डिपोजिट गरेको भौचर बरामद भएको अख्यितार स्रोतले जनाएको छ।
घुस बापतको अस्वभाविक रकमसहित प्रमुख प्रशासकीय अधिकृत उपाध्याय काठमाडौं आउँदै गरेको भन्ने गोप्य सूचनाका आधारमा नागढुंगा पुगेको अख्तियारको टोलीले उनलार्य बाटोबाटै पक्राउ गरेको हो।
उपाध्याय बा २ झ ४०९९ नम्बरको सरकारी गाडीबाट काठमाडौं आउँदै थिए।
प्रतिक्रिया