ad ad

समाज


४ स्वास्थ्यकर्मीसहित वीरगञ्जमा थप ५३ जनामा कोरोना संक्रमण

४ स्वास्थ्यकर्मीसहित वीरगञ्जमा थप ५३ जनामा कोरोना संक्रमण

नेपालखबर
साउन १५, २०७७ बिहिबार ४:१६,

वीरगञ्जमा चार स्वास्थ्यकर्मीसहित थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

नारायणी अस्पतालको प्रयोगशालामा बुधबार राति गरिएको परीक्षणमा ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

नयाँ पुष्टि भएका संक्रमितमध्ये तीन जना बाराका छन्। बाँकी ५० सबै पर्सा जिल्लाका भएका बताइएको छ। नयाँ संक्रमितमध्ये ११ जना नारायणी अस्पतालको क्वार्टरमा बस्ने स्वास्थ्यकर्मीका परिवारका सदस्यसमेत भएका नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.मदनकुमार उपाध्यायले जानकारी दिए।

त्यस्तै नारायणी अस्पतालका दुई चिकित्सकसहित ४ स्वास्थ्यकर्मीमा पनि संक्रमण देखिएको छ। नयाँ संक्रमित ३ वर्षदेखि ६० वर्ष उमेरसमूहका छन्।

विगत एक साता यता पर्सामा कोरोना संक्रमण भयावह बन्दै गएको छ। संक्रमणको कारण पर्सामा सात जनाले ज्यान गुमाइसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .