ad ad

समाज


भारतको राफेल र चीनको जे–ट्वान्टीमध्ये कुन युद्धक विमान शक्तिशाली?

भारतको राफेल र चीनको जे–ट्वान्टीमध्ये कुन युद्धक विमान शक्तिशाली?

नेपालखबर
साउन १३, २०७७ मंगलबार ११:६,

भारतको लद्दाख राज्य नकिकैको विवादित क्षेत्र गलवान उपत्यकामा भएको उक्त झडपका क्रममा २० भारतीय सेनाको मृत्यु भएको थियो।

भारतले चीनका ४० सेनाको मृत्यु भएको दाबी गरेपनि चीनले भारतको दाबीलाई अस्वीकार गरेको थियो। हाल भारत र चीनको सेनास्तरीय वार्ताहरु भइरहेका छन्। वार्ताले दुई देशको सीमा विवाद साम्य बनाउने उद्देश्य राखेको छ।

यसबीचमा भारतले सीमा नजिकको एयर बेसमा युद्धक विमानहरु बढाएर तैनाथ गर्ने बताएको छ। बेइजिङले पनि अत्याधुनिक हतियारहरु सीमा नजिक तैनाथ गरेको चिनियाँ संचारमाध्यमले जनाएका छन्।

चीनसँगको सीमा विवाद जारी रहँदा भारतले फ्रान्सबाट राफेल युद्धक विमानहरु भित्र्याइरहेको छ।

सोमबार मात्र भारतले खरिद गरेका राफेल युद्धक विमानहरु फ्रान्सबाट भारका लागि उडेको छ। यी विमानहरु बुधबार भारत आइपुग्नेछन्।

भारतले सन् २०१६ मा फ्रान्सलाई ३६ वटा राफेल युद्धक विमान बनाउन भनेको थियो। सोही विमानहरु हाल तनाव बढीरहँदा भारतमा भित्रिरहेका हुन्।

भारतले मुख्यगरी राफेल युद्धक विमानको प्रयोग गर्दै आएको छ। यो नै भारतको सबैभन्दा अत्याधुनिक र शक्तिशाली युद्धक विमान हो।

चीनले सुखोइ एसयू–२७, एसयू–३० एमकेके, एसयू–३५एस, छेन्दु जे–७, छेन्दु जे–१० जस्ता युद्धक विमानहरु प्रयोग गर्दछ। चीनको छेन्दु जे–ट्वान्टी विमानलाई भने चीनको सबैभन्दा परिस्कृत विमानको रुपमा लिइएको छ।

राफेल र जे–ट्वान्टी दुवैले क्षेप्यास्त्रजस्ता शक्तिशाली हतियार बोकेका हुन्छन्।

Rafale Planes: Many Flip Flops and an Expensive Deal | NewsClick

राफेल

राफेल र जे–ट्वान्टी युद्धक विमानको तुलना

भारतले प्रयोग गर्ने फ्रान्समा बनेको राफेल युद्धक विमान ४.५ जेनेरेसनको विमान हो। यसमा दुईवटा इन्जिन छ र यो बहुभूमिका निर्वाह गर्नसक्ने विमान हो।

चीनको जे–ट्वान्टी पाँचौ जेनेरेसनको युद्धक विमान हो। यसमा पनि बहुभूमिका निर्वाह गर्नसक्ने सामथ्र्य छ। साथै यसमा ट्वीन जेट, अल–वेदर र स्टिल्थको सुविधा छ।

राफेलले एकपटक उडान भेरेपछि लगातार ३७ सय किलोमिटर उड्ने क्षमता राख्दछ तर जे–ट्वान्टी विमानको रेन्जको बारेमा कुनै जानकारी दिइएको छैन।

चीनको जे–ट्वान्टीले प्रतिघण्टा २२ सय २३ किलोमिटरको दुरी पार गर्ने चिनियाँ अधिकारीहरु बताउँछन्। उता राफेलले एक घण्टामा २१ सय ३० किलोमिटरको दुरी पार गर्दछ।

यस्तै जे–ट्वान्टी २० हजार मिटरको उचाइमा उड्न सक्छ भने राफेल १५ हजार २३५ मिटरसम्म उड्ने जनाइएको छ।

जे–ट्वान्टीको लम्बाई २०.४ मिटर हो भने राफेलको लम्बाई १५.२७ मिटर हो। चौडाइमा पनि जे–ट्वान्टी ठूलो छ। यसको चौडाई १३.५ मिटर छ भने राफेलको चौडाई १०.८ मिटर छ।

युद्धक विमानमा भएका राडर प्रणालीले दुश्मनका विमानको क्षेत्र र अवस्थालाई पत्ता लगाउन सकिन्छ। चीनको जे–ट्वान्टीमा कस्तो राडर प्रणालीको प्रयोग गरिएको छ भनेर जानकारी दिएको छैन।

यद्यपी चीनले यस विमानमा एइएसए प्रणाली जडान गरेको अनुमान गरिन्छ। यही राडर प्रणाली राफेलमा पनि जडान छ। यो प्रणाली विश्वकै अत्याधुनिक राडर प्रणाली हो।

राफेलमा स्पेक्ट्रा प्रणाली पनि रहेको बताइएको छ। यसले आकाश र जमिनबाट उत्पन्न खतराबारे सचेत गराउँछ। यसकारण राफेललाई आक्रमण गरेर खसाउन गाह्रो हुने बताइन्छ।

जे–ट्वान्टी युद्धक विमानलाई युद्धभूमिबारे ३६० डिग्रीको जानकारी हुन्छ साथै यस विमानमा चिनियाँ सैन्य भूउपग्रहको डेटाहरु पनि उपलब्ध भएको बताइन्छ।

दुवै युद्धक विमानले आकाशमा राम्रो मार हान्न सक्छन् भने भूमिमा भएको युद्धलाई पनि सहयोग गर्न सक्छन्। यी दुवै विमानले क्षेप्यास्त्रहरु बोकेका हुन्छन्।

जे–ट्वान्टीले पीएल–१५ एएएम मिसाइल बोकेको हुन्छ। यसले २ सय किलोमिटरसम्म पुगेर मार हान्नसक्छ भने यो प्रतिघण्टा ४९ सय ३९ किलोमिटरको रफ्तारमा लक्षित उद्देश्यतर्फ अगाडि बढ्छ।

उता राफेलमा मेटिअर मिसाइल हुन्छ। जसले १५० किलोमिटरको दुरीसम्म पुगेर मार हान्नसक्छ यस्तै यो प्रतिघण्टा ४२ सय ४८ किलोमिटरको रफ्तारमा लक्षित उद्देश्यतर्फ अगाडि बढ्छ।

Intellasia East Asia News - China shows J-20 jet's missiles for ...

जे–ट्वान्टी

चीनको जे–ट्वान्टी युद्धक विमानमा स्टिल्थको क्षमता छ। यसको मतलब दुश्मनको राडरमा यस विमानलाई ट्र्याक गर्न गाह्रो हुन्छ। राफेलमा स्टिल्थ प्रविधि जडान गरिएको छैन तर यस विमानलाई पनि दुश्मनले ट्र्याक गर्न गाह्रो हुने दाबी गरिएको छ।

यसअघि अमेरिकाले पनि आफ्नो युद्धक विमानमा स्टिल्थ प्रविधि जडान गरेको बताएको थियो। तर सन् २००९ मा यूएइमा भएको मानवरहित सैन्य अभ्यासमा राफेलले अमेरिकी विमानलाई ट्र्याक गर्न सफल भएको थियो।

चीनको जे–ट्वान्टी विमानलाई शक्तिशाली भनिएपनि यो युद्धक विमानले कुनै युद्धमा भाग लिएको छैन। तर भारतले प्रयोग गर्ने फ्रान्सको राफेल विमान विभिन्न युद्धमा सफल र शक्तिशाली सावित भएको छ।

राफेल विमान अफगानिस्तान, लिबिया, माली, इराक तथा सिरियाली युद्धमा प्रयोग भएका छन्।

भारतका पूर्व हवाई सेना तथा पाइलट धिरज कुकरेजाका अनुसार चीनले दाबी गरेजस्तो जे–ट्वान्टी विमान शक्तिशाली नहुनसक्छ।

उनका अनुसार चीनले युद्धक विमानको इन्जिन बनाउन रुसको सहायता लिन्छ र भारतीय राडरले चिनियाँ युद्धक विमानहरु ट्र्याक गर्न सफल पनि भएका छन्।

चीनको जे–ट्वान्टी युद्धक विमान शक्तिशाली भए उनीहरुले रुसमा निर्मित एसयू–३५ जस्ता विमानहरु प्रयोग नै नगर्ने पनि भारतका विज्ञहरु बताउँछन्। (एजेन्सीहरुको सहयोगमा)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .