ad ad

समाज


अमेरिकामा गिरफ्तार भएकी चिनियाँ जनमुक्ति सेनाकी वैज्ञानिक अदालतमा उपस्थित

अमेरिकामा गिरफ्तार भएकी चिनियाँ जनमुक्ति सेनाकी वैज्ञानिक अदालतमा उपस्थित

नेपालखबर
साउन १३, २०७७ मंगलबार ६:५४,

अमेरिकी संघीय अदालतमा भिडियोमार्फत ताङको जनमुक्ति सेनासँग सम्बन्ध छ कि छैन भन्ने विषयमा छलफल भएको थियो।

अमेरिका प्रवेश गर्ने क्रममा ताङले अमेरिकी अधिकारीहरुलाई आफ्नो सम्बन्ध चिनियाँ जनमुक्ति सेनासँग नभएको बताएकी थिइन्।

तर अनुसन्धान गर्दा उनी चिनियाँ जनमुक्ति सेनाको वैज्ञानिक भएको पत्ता लागेको थियो।

त्यसपछि पनि अनुसन्धानको प्रक्रिया बाँकी रहँदा ताङ सानफ्रान्सिस्कोस्थित चिनियाँ महावाणिज्य दूतावासमा लुकेको एफबीआइले आरोप लागेको थियो।

गतहप्ताको शुक्रबार मात्र ताङ पक्राउ परेकी थिइन्। ताङ गिरफ्तार भएको जानकारी दिएपनि अमेरिकाले उनलाई कहाँबाट र कसरी पक्राउ गरेको भनेर खुलाएको थिएन।

३७ वर्षकी ताङले अदालतमा कानुनी झमेला भएपछि आफ्नो देशको दूतावाससँग सहयोग माग्नु सामान्य अभ्यास भएको बताएकी थिइन्।

ताङकी वकिल हिथर विलियम्सले ताङ चिनियाँ दूतावास सहयोगका लागि जानु कुनै गल्ती काम नभएको बताएका थिए।

यूएस मेजिस्ट्रेट जज डेबोरा बार्न्सले सुनुवाई अगाडि नै ताङले अमेरिका छाड्ने सम्भावना भएकाले उनलाई हिरासतमै राख्न आदेश दिएका छन्। ताङका वकिलहरुले भने उनलाई जमानतमा छोडाउने प्रयास गरिरहेको बताइएको छ।

अमेरिकी अदालतका अनुसार ताङ गत वर्षको डिसेम्बर महिनामा ‘क्यान्सर उपचार’ अनुसन्धानका लागि अमेरिका आएकी थिइन्। उनले युनिभर्सिटी अफ क्यालिफोर्नियामा अध्ययन गर्ने तय भएको थियो। तर त्यसबेला उनले आफ्नो सम्बन्ध चिनियाँ जनमुक्ति सेनासँग भएको विषय लुकाएकी थिइन्।

उनले आफूले जनमुक्ति सेनामा सेवा गरेको विषय एफबीआइसँग पनि लुकाएकी थिइन्। एफबीआइका अनुसार ताङ चिनियाँ हवाई सेनासँग सम्बन्धित छिन् र उनी त्यहाँकी अनुसन्धाकर्ता हुन्।

चीनले जुआनजस्ता अन्य वैज्ञानिकहरु पनि अमेरिका पठाएको अमेरिकी आशंका छ। यस विषयमा चीनबाट कुनै प्रतिक्रिया आएको छैन।

कोरोना भाइरस प्रकोपबीच अमेरिकाले कोरोनाविरद्धको खोप बनाइरहँदा चीनले सूचनामा पहुँच पाउन ह्याकरहरु खटाएको हालै अमेरिकाले आरोप लगाएको थियो।

अमेरिका र चीनबीच हाल राष्ट्रिय सुरक्षा, प्रविधि, व्यापार लगायतका विषयमा विवाद जारी छ।

अमेरिकाले हालै ह्युस्टनस्थित चिनियाँ महावाणिज्य दूतावास बन्द गर्न निर्देशन दिएयता यी दुई देशबीचको विवाद झनै चर्को बनेको छ।

यसबीचमा चीनले पनि जस्तालाई त्यस्तै नीति अबलम्ब गर्दै छेन्दुस्थित अमेरिकाको महावाणिज्य दूतावास बन्द गर्न निर्देशन दिएको थियो।

हाल बन्द गर्न भनिएका दूतावास सबै खाली गरिएका छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .