वर्षा बढेसँगै देशभर बाढी र पहिरोको प्रकोप पनि बढेको छ। कतिपय स्थानमा जनधनको क्षति हुन सुरु भइसकेको छ।
मौसमविद्ले आगामी शुक्रबारसम्म देशको धेरैजसो स्थानमा ठूलो वर्षा हुने अनुमान गर्दै सुरक्षित रहन सबैमा आग्रह गरेका छन्।
याे पनि: आज ‘भारी’, भोलि र पर्सि ‘धेरै भारी’ वर्षाको सम्भावना
यसै क्रममा बाढी पूर्वानुमान महाशाखाले आज (मंगलबार) बिहान जारी गरेको बुलेटिनअनुसार आगामी तीन दिन अर्थात् बिहीबारसम्म देशका प्रमुख नदीसहित विभिन्न खोलानालामा बाढीको उच्च जाेखिम छ।
हेर्नुहोस्, विस्तृतमा यो सूचना :
श्रावण १३
आगामी ३दिन कन्काई,कोशी,नारायणी,#तिनाउ,#पश्चिम राप्ती,#बबईमा बाढीको जोखिम
प्रदेश १,५,गण्डकी र सु.प.भई बहने साना नदीमा बहाव #सतर्कता पुग्न सक्ने,केहि #खतरा पुग्न सक्ने,तटिय क्षेत्रमा सतर्कता अपनाऔ
चित्रः१,२-तिनाउको बाढी र२४ घण्टाको मौसम पूर्वानुमान@NDRRMA_Nepal pic.twitter.com/eYzCdAEEuC
प्रतिक्रिया