ad ad

समाज


हेटौँडाको हटियामा ट्याक्टर दुर्घटना, दुईको मृत्यु

हेटौँडाको हटियामा ट्याक्टर दुर्घटना, दुईको मृत्यु

नेपालखबर
साउन १२, २०७७ सोमबार १०:५९,

हेटौंँडामा ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

सोमबार अपरान्ह हेटौंडा बजारबाट निर्माण सामग्री लिएर पूर्वी मकवानपुरको बागमतीतर्फ जाँदै गरेको ट्याक्टर धरान –चतारा सडकखण्डअन्तर्गत हेटौंँडाको हटियामा दुर्घटना भएको हो।

दुर्घटनामा मृत्यु हुनेमा बागमती गाउँपालिका– ६ का अन्दाजी ५० वर्षीय लोप्चन र  ८ का अन्दाजी १७ वर्षीय किशोरसुजल रहेका छन्। प्रहरीका अनुसार दुर्घटनामा बागमती– ६ का १६ वर्षीय मनोज जिम्बा घाइते भएका छन्।

हेटौंँडाबाट निर्माण सामग्री बोकेर बागमती गाउँपालिकाको फापरबारी भन्ने ठाउँमा जाँदै गरेको ना ५ त ८०८८ नम्बरको ट्रयाक्टर दुर्घटना भएको हो।

दुर्घटनामा गम्भीर घाइते दुई जनाको उपचारका क्रममा हेटौंँडा अस्पतालमा ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिए।

प्रहरी नायब उपरीक्षक रानाका अनुसार घाइते एक जनाको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ। ट्याटर चालक भने फरार रहेको जनाइएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .