ad ad

समाज


कोरोना कहर : २ दिनमा ३ जनाको मृत्यु भएपछि वीरगञ्जमा अनिश्चितकालिन निषेधाज्ञा

कोरोना कहर : २ दिनमा ३ जनाको मृत्यु भएपछि वीरगञ्जमा अनिश्चितकालिन निषेधाज्ञा

नेपालखबर
साउन १०, २०७७ शनिबार १:११,

कोरोना संक्रमण समुदायस्तरमा फैलिएपछि स्थानीय प्रशासनले आज (शनिबार) बिहानदेखि पर्साको वीरगञ्जमा अनिश्चितकालिन निषेधाज्ञा जारी गरेको छ।

बिहान ५ बजेदेखि वीरगन्ज महानगरपालिका क्षेत्रभित्र निषेधाज्ञा जारी गरिएको हो। ‘ट्राभल हिस्ट्री’ नभएका मानिस पनि संक्रमित हुने र मर्ने क्रम बढेपछि स्थानीय प्रशासन निषेधाज्ञा लागू गर्ने निष्कर्षमा पुगेको हो।

दुई दिनको बीचमा वीरगञ्जमा कोरोना संक्रमणबाट तीन जनाको मृत्यु भइसकेको छ। संक्रमण फैलिन नदिन महानगरका ३२ वटै वडामा अत्यावश्यक सेवाबाहेकका सबै गतिविधि गर्न रोक लगाएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले जानकारी दिए।

५६ जना संक्रमितको गण्डक कोरोना अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी डिएसपी मनोजजित कुँवरले जानकारी दिए।

‘दुई दिनको अवधिमा तीन जनाको कोरोना संक्रमणको कारण मृत्यु भयो,’ डिएसपी कुँवरले नेपालखबरसँग भने, ‘संक्रमण समुदायमा फैलिएको आशंका छ, नियन्त्रणको लागि आज बिहानैदेखि वीरगञ्ज महानगरपालिका भरी निषेधाज्ञा जारी भएको छ।’

उनले अत्यावश्यक बाहेर मानिसहरुलाई सडकमा हिँडडुल गर्न र घर बाहिर निस्कन पूर्णरुपमा निषेध गरिएको जानकारी दिए। प्रशासनको निषेधाज्ञाको कारण शनिबार बिहानैदेखि वीरगञ्ज सुनसान बनेको छ। मानिसहरु घर बाहिर निस्केका छैनन् भने सबै उद्योग प्रतिष्ठान र बजार पनि बन्द छ।

शुक्रबार वीरगञ्जको कोभिड अस्पतालमा मृत्यु भएकी बाराकी १७ वर्षीया किशोरीमा पनि कारोना पुष्टि भएको छ। दुई दिन अघि वीरगञ्जमै एक पुरुष र एक महिलाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको थियो।

वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा बिहीबार राति पाँच थुनुवासहित ३२ जनामा कोरोना पोजेटिभ देखिएपछि जिल्ला प्रशासन कार्यालयलमा शुक्रबार बसेको सर्वपक्षीय बैठकले निषेधाज्ञा लगाउने निर्णय गरेको हो। थुनुवाको सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङको काम पनि सुरु गरिएको डिएसपी कुँवले बताए।

 पर्सामा पछिल्लो पटक ३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो। नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा सात महिलासहित ३२ जनामा कोरोना संक्रमण देखिएको नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा.मदन उपाध्यायले जानकारी दिए।

उनका अनुसार संक्रमित हुनेमा नौमहिने बालकदेखि ६० वर्षीयासमेत छन्। वडा प्रहरी कार्यालय श्रीपुर वीरगञ्जको थुनुवा कक्षमा रहेका पाँच थुनुवा पनि संक्रमित भएको जिल्ला स्वास्थ्य कार्यालय पर्साका निरीक्षक जयमोद ठाकुरले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .