ad ad

समाज


कोरोना प्रकोपः अमेरिकामा मृत्युदर सबैभन्दा कम भएको ट्रम्पको दाबी

कोरोना प्रकोपः अमेरिकामा मृत्युदर सबैभन्दा कम भएको ट्रम्पको दाबी

नेपालखबर
साउन ५, २०७७ सोमबार ८:३४,

यहाँ सबैभन्दा धेरै संक्रमित छन् भने कोरोनाले अमेरिकामा अन्य देशमाभन्दा बढी ज्यान लिएको छ।

जोन्स हपकिन्स विश्वविद्यालयका अनुसार हालसम्म कोरोनाका कारण विश्वभर ६ लाख ९ हजारको मृत्यु भइसकेको छ। अमेरिकामा मात्र १ लाख ४० हजारभन्दा बढीको ज्यान गएको छ।

विश्वभर १ करोड ४६ लाख ५५ हजार संक्रमित छन्, अमेरिकामा मात्र ३८ लाख ९८ हजार संक्रमित भएका छन्।

जोन्स हपकिन्स विश्वविद्यालयका अनुसार मृत्युदरलाई मध्येनजर गर्दा अमेरिका विश्वको सातौं प्रभावित राष्ट्र हो।

तर फक्स न्युजसँग दिएको अन्तर्वार्ताका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो देशमा कोरोनाको मृत्युदर सबैभन्दा कम भएको दाबी गरेका छन्।

उनले अमेरिकामा सबैभन्दा बढी कोरोना परीक्षण भएकाले मात्र धेरै संक्रमित देखिएको बताए। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .