दार्चुलाको नौगाड गाउँपालिकामा पहिरोमा परेर आमाछोरी बेपत्ता भएका छन्।
आइतबार राति अविरल वर्षासँगै गाउँमा पहिरो जाँदा नौगाड ६ की ३५ वर्षीया मानमती ठगुन्ना र उनकी ६ वर्षीया छोरी रेवती ठगुन्ना बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।
सुतिरहेको बेला पहिरोले घर बगाउँदा आमाछोरी बेपत्ता भएका हुन्। उनीहरुको खोजी जारी रहेको प्रहरीले जनाएको छ।
पहिरोले गाउँको विद्यालय भवन, कुखुरा फर्म, पानी घट्ट र स्थानीयले गोठमा गाईबाख्रा पनि बगाएको छ। पहिरोमा परि तीनवटा घर क्षतिग्रस्त भएका छन्।
प्रतिक्रिया