ad ad

समाज


काठमाडौँ उपत्यकामा आज कोरोना संक्रमित भेटिएनन्

काठमाडौँ उपत्यकामा आज कोरोना संक्रमित भेटिएनन्

नेपालखबर
साउन ३, २०७७ शनिबार १०:५९,

काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा कोरोना संक्रमित थपिएका छैनन्।

केसी समय अगाडि उपत्यकामा कोरोना संक्रमितको संख्या हवत्तै बढे पनि पछिल्ला केही दिनदेखि सो संख्यामा कमी आएको थियो।

शुक्रबार उपत्यकामा भक्तपुरका २ र काठमाडौँका १ जनामा कोरोना पुष्टि भएको थियो।

शनिबार स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले पछिल्ले २४ घण्टामा देशभर गरेर ५७ जनामा कोरोना पुष्टि भएको जानकारी दिएका थिए।

पछिल्लो २४ घण्टामा उपत्यकासहित देशभरका २७ प्रयोगशालामा ३ हजार ३३१ जनाको पीसीआर परीक्षण गरिएको प्रवक्ता गौतमले जानकारी दिए।

 शनिबार थप ५७ जना थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ५०२ पुगेको छ भने सक्रिय संक्रमितको संख्या ५ हजार ८२५ रहेको छ।

नेपालमा पछिल्लो २४ घण्टामा थप १०३ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्केका छन्।

योसँगै कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज हुनेको संख्या ११ हजार ६३७ पुगेको छ।

त्यस्तै कोरोनाका कारण नेपालमा अहिलेसम्म ४० जनाको मृत्यु भइसकेको प्रवक्ता गौतमले जनाकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .