ad ad

समाज


आज २५ थपिएसँगै गण्डकीमा कोरोना संक्रमितको संख्या १२ सय २८ पुग्यो, ९२५ निको भए

आज २५ थपिएसँगै गण्डकीमा कोरोना संक्रमितको संख्या १२ सय २८ पुग्यो, ९२५ निको भए

नेपालखबर
असार ३१, २०७७ बुधबार ७:१३,

गण्डकी प्रदेशमा बुधबार थप २५ जनामा कोरोना पुष्टि भएको छ।

क्षयरोग उपचार केन्द्र, पोखरा, भरतपुर अस्पताल, चितवन र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ २५ जना संक्रमितहरु थपिएको गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालय अन्तगर्त स्वास्थ्य निर्देशनालयले जनाएको छ।

आज थपिनेहरुमा नवलपरासी (सुस्तापूर्व)का ११, म्याग्दीका ९, तनहुँका ३ र गोरखा र कास्कीका १/१ जना रहेका छन्।
आज थपिएका संक्रमितसहित गण्डकीमा कोरोना संक्रमितको संख्या १२ सय २८ पुगको छ भने ९२५ जना डिस्चार्ज भएका छन्। अहिले गण्डकीमा संक्रय संक्रमितको संख्या ३०३ मात्रै रहेको छ।
संक्रमित व्यक्तिहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको र उनीहरुलाई सम्बन्धित जिल्लाको आइसोलेसन केन्द्रमा लैजाने तयारी भइरहेको गण्डकी प्रदेश, कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा. विनोदबिन्दु शर्माले जानकारी दिए।

No photo description available.

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .