ad ad

समाज


भारत र रुसले बनाए कोरोनाविरुद्धको खोप, मानिसमा परीक्षण गर्ने तयारी

भारत र रुसले बनाए कोरोनाविरुद्धको खोप, मानिसमा परीक्षण गर्ने तयारी

नेपालखबर
असार ३१, २०७७ बुधबार ३:५०,

संसारभर नै कोरोना भाइसर (कोभिड-१९) विरुद्धको खोप र औषधि तयार गर्ने प्रयास भइरहेको छ। विश्वका शक्तिराष्ट्रहरु यो काममा जुटेका छन्।

चीन, अमेरिका, रुस, बेलायत लगायतका देश कोरोनाविरुद्धको खोप र औषधि बनाउँन तल्लिन छन्।

पछिल्लो पटक भारत र रुसले कोरोना भाइरस विरुद्धको खोप तयार भएको दाबी गरेका छन्। ती देशले तयार गरेको कोप मानिसमा परीक्षणको तयारीसमेत भइसकेको छ।

इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चका डायरेक्टर जनरल बलराम भार्गवका अनुसार दुई वटा खोप मानिसमा परीक्षणको तयारी गरिएको हो। कोरोनाविरुद्धको खोप मुसा र खरायोमा सफल परीक्षण भइसकेको दाबी भार्गवले गरेका छन्।

यो खोप मानिसमा परीक्षण गर्नका लागि भारतको ड्रग्स कन्ट्रोलर जेनेरलले स्वीकृतिसमेत दिइसकेको छ।

खोप बनाउनमा भारत बायोटेक्निकल इन्टरनेश्नल लिमिटेड र जायडस कैडिलाले सहकार्य गरेका छन्। यी कम्पनीले पनि आफ्नो खोप मानिसमा परीक्षण गर्नका लागि तयार भएको जनाएका छन्।

भारतमै संकलन गरी प्रयोगशालामा निस्तेज बनाइएका कोरोना भाइरस प्रयोग गरी भारत बायोटेकले पहिलो खोप निर्माण गरेको हो। खोपलाई कोभ्याक्सिन नामकरण गरिएको छ। दुवै खोप एकएक हजार जनामा परीक्षण गरिने बताइएको छ।

रुसी वैज्ञानिकहरुले पनि कोरोनाविरुद्धको पहिलो खोप तयार भएको दाबी गरेका छन्। मस्को स्टेट मेडिकल युनिभर्सिटीका वैज्ञानिकले खोपको क्लिनिकल परीक्षण सफल भएको बताएका हुन्।

‘कोरोनाविरुद्ध संसारको पहिलो खोपको क्लिनिकल परीक्षण सफलतापूर्वक पूरा गरिएको छ,’ युनिभर्सिटी मातहतको इन्टिच्युट फर ट्रान्सलेसनल मेडिसिन एण्ड बायोटेक्निोलोजीका निर्देशक भादिम तरासोभले भने।

यो खोप मानिसमा परीक्षण गर्दा सुरक्षित र प्रभावकारी पाइएको दाबी रुसी वैज्ञानिकहरुले गरेका छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .