ad ad

समाज


विदेशी विद्यार्थीको भिसा रद्द गर्दै अमेरिका

विदेशी विद्यार्थीको भिसा रद्द गर्दै अमेरिका

नेपालखबर
असार २३, २०७७ मंगलबार ८:२६,

अमेरिकामा अध्ययन गरिरहेका विदेशी विद्यार्थीहरू जसको कक्षा पूर्ण रूपमा अनलाइन संचालन हुनेछन् उनीहरूको भिसा अगामी सेप्टेम्बरदेखि रद्द गरिने बताइएको छ।

अमेरिकी अध्यागमन एवम् भन्सार एजेन्सी आईसीईले यो नियम नमान्ने व्यक्तिहरूलाई देशनिकाला पनि गर्न सकिने बताएको बीबीसीले जनाएको छ।

कोरोना भाइरस महामारीका कारण धेरै अमेरिकी विश्वविद्यालयले कक्षाहरू अनलाइन सञ्चालन गर्न थालेका छन्।

यो नियमबाट धेरै विदेशी विद्यार्थीलाई प्रभाव पर्ने अनुमान गरिएको छ।

यो नियम एफवन भनिने अध्ययन भिसा र एमवन भनिने व्यावसायिक तालिमका विद्यार्थी भिसा भएकाहरूलाई लागु हुनेछ।

सेप्टेम्बरदेखि अनलाइन कक्षामात्रै लिने विद्यार्थीहरूलाई अध्यागमन नियमानुसार देशबाट हटाइने प्रक्रिया सहितको कारबाही गरिने बताइएको छ।

विदेशी विद्यार्थीहरु अमेरिकी अर्थतन्त्रका बलिया आधार पनि हुन्। अमेरिकी वाणिज्य मन्त्रालयका अनुसार सन् २०१८ मा विदेशी विद्यार्थीहरूले अमेरिकी अर्थतन्त्रमा ४५ अर्ब डलर योगदान गरेका थिए। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .