ad ad

समाज


कक्षा ११ को परीक्षा अब विद्यालयले नै सञ्चालन गर्ने

कक्षा ११ को परीक्षा अब विद्यालयले नै सञ्चालन गर्ने

नेपालखबर
असार २२, २०७७ सोमबार १०:५५,

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा ११ को परीक्षा अब विद्यालयले नै सञ्चालन गर्ने निर्णय गरेको छ।

यही असार १९ गते शिक्षामन्त्री गिरिराजमणी पोखरेलको अध्यक्षतामा बसेको राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषदको बैठकले यस्तो निर्णय लिएको मन्त्रालयले जनाएको छ। यसअघि कक्षा ११ र १२ को परीक्षा केन्द्रीय तहमा राष्ट्रिय परीक्षा बोर्डबाट हुने गरेको थियो।

कोरोना भाइरसको संक्रमण जोखिमका कारण कक्षा ११ र १२ को परीक्षा लामो समयदेखि हुन सकेको छैन ।

केही दिन अघि मात्रै मन्त्रालयले यसवर्ष एसईई परीक्षा नगर्ने र विद्यार्थीहरुको आन्तरिक मूल्यांकनलाई आधार बनाउने निर्णय गरेको थियो।

यस्तै, मन्त्रालयले ‘उच्च शिक्षामा वैकल्पिक सिकाई सहजीकरण प्रारुप २०७७’ स्वीकृत गरी विश्व विद्यालय अनुदान आयोगमा पठाएको जनाएको छ। प्राविधिक तथा व्यवसायिक शिक्षा तर्फ पनि वैकल्पिक पद्धतिबाट शिक्षण कार्यविधि तयार गरी कार्यान्वयनम ल्याइएको जनाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .