ad ad

समाज


चितवनको राप्ती नगरपालिका-११ का वडाध्यक्ष तामाङको निधन

चितवनको राप्ती नगरपालिका-११ का वडाध्यक्ष तामाङको निधन

नेपालखबर
असार १०, २०७७ बुधबार १३:१९,

पूर्वी चितवनको राप्ती नगरपालिका–११ का वडाध्यक्ष हितबहादुर योञ्जन तामाङको निधन भएको छ। उनको ४९ वर्षको उमेरमा मकवानपुरको भिमफेदीमा निधन भएको कान्छा छोरा हरि तामाङले जानकारी दिए।

लामो समयदेखि अल्सरको उपचार गर्दै आएका तामाङको पछिल्लो समय कलेजोले काम गर्न छाडेको थियो। नगर प्रमुख प्रभा बरालका अनुसार समस्या जटिल भएपछि उनलाई अस्पतालले घरमा नै आराम गर्न भनी पठाएको थियो। उनका अनुसार तामाङको निधन आज दिउँसो ४ बजे भएको हो।

उनलाई केही दिनअघि आयुर्वेदिक उपचारका लागि मकवानपुरको भीमफेदी लगिएको थियो। उपचारका क्रममा तामाङको निधन भएको हो। नगरसभा सकिने समयमा उनको निधन भएको खबर आएको प्रमुख बरालले बताइन्। तामाङ विसं २०७४ को स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका तर्फबाट वडाध्यक्षमा निर्वाचित भएका थिए। उनको एक श्रीमती, दुई छोरा र दुई छोरी छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .