ad ad

समाज


सुदूरपश्चिम प्रदेशमा एकैदिन २७२ जना कोरोना संक्रमित थपिए

सुदूरपश्चिम प्रदेशमा एकैदिन २७२ जना कोरोना संक्रमित थपिए

गोकुल जोशी
असार १०, २०७७ बुधबार ११:२४,

सुदूरपश्चिमका विभिन्न जिल्लामा गरी बुधबार एकैदिन २ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कञ्चनपुरका १६ महिला र ६९ पुरुष गरी ८५ जना, कैलालीमा ९ महिला र ३९ पुरुष गरी ४८ जना, डोटीमा १० महिला र ३८ पुरुष गरी ४८ जनामा संक्रमण पुष्टि भएको हो। यस्तै अछामका १० पुरुष, बाजुराका सात पुरुष र बैतडीका एक महिला र तीन पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए।

यस्तै वीर अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा अछामका एक महिला र १३ पुरुष गरी थप १४ जनामा संक्रमण देखिएको उनले बताए।

यता सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ५७ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए।

कैलालीको गोदावरी नगरपालिकाका ४ महिलासहित ३२ जना, लम्कीचुहा नगरपालिकाका ६ महिलासहित २५ जनामा संक्रमण पुष्टि भएको उनले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .