सुदूरपश्चिममा मंगलबार थप ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा १७ महिला र ३२ पुरुषमा कोरोना पोजेटिभ देखिएको सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए।
मंगलवार सबैभन्दा बढी कैलालीको गोदावरी नगरपालिकामा ५ महिने बालिकासहित १५ महिला र २९ जना पुरुषमा संक्रमण पुष्टि भएको हो।
कैलालीमा मंगलबार ४६ जनामा संक्रमण पुष्टि भएको छ। कञ्चनपुरको बेलौरी नगरपालिका, बझाङ र बाजुराका एक एक जनामा पनि संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए।
3
Shares
प्रतिक्रिया