ad ad

समाज


पाल्पामा पहिरोले गाडी बगाउँदा मृत्यु हुने तीनै जनाको सनाखत

पाल्पामा पहिरोले गाडी बगाउँदा मृत्यु हुने तीनै जनाको सनाखत

नेपालखबर
असार ९, २०७७ मंगलबार ५:३१,

पाल्पको तानसेनस्थित सम्मोबारीमा पहिराले गाडी बगाउँदा मृत्यु हुने तीनै जनाको सनाखत भएको छ।

मुत्यु हुनेमा चितवन भरतपुर नगरपालिका–२९ बांगेसालका ३३ वर्षीय वीरबहादुर गुरुङ, पाल्पा रिब्दीकोट गाउँपालिका–२ देउरालीका ३२ वर्षीय भुवन खाम्चा र काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका–८ हुस्केबजारका २८ वर्षीय निवेश श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुरज श्रेष्ठले बताए।

घटनास्थलमा प्राप्त काजगपत्रका आधारमा मृतकका आफन्तसँग सम्पर्क भइरहेको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिए। पहिरो खस्दा अवरुद्ध तानसेन –तम्घास सडकखण्डको सम्मोबारी क्षेत्रमा पहिरो र गाडी हटाइएपछि यातायातका साधन मंगलबार बिहानदेखि सञ्चालनमा आएका छन्।

पहिराले लु २ ख १३७६ नम्बर ट्रक र लु १ क १९२८ नम्बरको ट्यांकरलाई बगाएको हो। ट्रक भीरमा अड्किएको छ भने ट्यांकर तल खोल्सामा टुक्राटुक्रा अवस्थामा छ। लु १ च ७०११ नम्बरको कार र लु २ च ७०४३ नम्बरको पिकअप जीपलाई सडकबाट हटाइएपछि यातायातका साधन सञ्चालनमा आएका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .