ad ad

समाज


नेपाली बालिकालाई भारतको डान्सबार पुर्‍याउने दुईजना पक्राउ

नेपाली बालिकालाई भारतको डान्सबार पुर्‍याउने दुईजना पक्राउ

नेपालखबर
असार ७, २०७७ आइतबार ११:४०,

नेपाली बालिकालाई भारतको डान्सबारमा पुर्‍याउने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ।

ललितपुर उपमहानगरपालिका–५ लगनखेलकी १३ वर्षीया बालिकालाई काममा लगाइदिन्छु भन्दै फकाएर भारत पुर्‍याउने दुई जनालाई मानव बेचविखन अनुसन्धान ब्युरोले भारतबाट पक्राउ गरेको हो।

भारतीय प्रहरीको सहयोगमा पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे १ घोडाथली घर भई हाल सुनसरी ईटहरी २० बस्ने २२ वर्षीय कृष्ण मगर र सिन्धुपाल्चोक लिसंखु घर भई हाल पोखरा बस्ने २८ वर्षीय प्रविन तामाङ रहेका छन्।

उनीहरुले गत फागुन ९ गते काठमाडौंको नयाँ बसपार्कबाट बालिकालाई भैरहवा–सुनौली नाकाबाट भारतको उत्तरप्रदेश राज्यको पिप्रा रसलपुर ओडओलियामा पुर्‍याएको पाइएको छ।

त्यहाँ उनीहरुले बालिकालाई डान्स अर्केस्ट्रामा लगाएको ब्युरोका प्रवक्ता एसपी गोबिन्द थपलियाले बताए।

बालिकालाई बेचविखन गरेको सूचनापछि प्रहरीले खोजी सुरु गरेको थियो।

उनको उद्धारका लागि ब्युरोको टोली भारत नै गएको थियो।

जेठ ३० गते भारतीय प्रहरीको सहयोगमा पीडितको उद्दार गरी घटनामा संलग्नलाई पक्राउ गरेको हो।

उनीहरुलाई नेपाल ल्याएर मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अनुसार कारवाही अगाडि बढाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .