सुदूरपश्चिममा आइतवार थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ९ महिला र २४ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए।
आइतवार संक्रमण हुनेमा सबै भन्दा बढि कैलालीका २९ छन्।
आइतवार संक्रमण पुष्टि हुनेमा सबै भन्दा बढि कैलालीका २९, डोटीका ५, कञ्चनपुरका ३, बाजुरा, बैतडी र डडेल्धुराका दुई दुई जना छन्।
कैलालीको धनगढी उप–महानगरपालिकाका ३ महिला, १५ पुरुष, गोदावरी नगरपालिकाका ३ महिला, ५ पुरुष, टीकापुर नगरपालिकाका एक पुरुष, मोहन्याल गाउँपालिकाका २ पुरुष, कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका एक महिला, बेलौरी नगरपालिकाका एक पुरुष, पुनर्वास नगरपालिकाका एक पुरुष, बाजुराका एक महिला, एक पुरुष, बैतडीको सिगास गाउँपालिकाका २ पुरुष, डोटीको पुर्वीचौकी गाउँपालिकाका एक पुरुष, शिखर नगरपालिकाका एक महिला, ३ पुरुष, डडेल्धुराको गन्यापधुरा गाउँपालिकाका २ पुरुष रहेको सेती प्रादेशिक अस्पतालले जनाएको छ।
प्रतिक्रिया