ad ad

समाज


भारतले ‘बडे भाइ’को दम्भ त्यागेमात्रै दुई देशको सम्बन्ध सुमधुर हुन्छ : सांसद भट्टराई

भारतले ‘बडे भाइ’को दम्भ त्यागेमात्रै दुई देशको सम्बन्ध सुमधुर हुन्छ : सांसद भट्टराई

नेपालखबर
असार ४, २०७७ बिहिबार ८:१२,

राष्ट्रियसभा सदस्य खिमलाल भट्टराईले भारतले ‘बडे भाइ’को दम्भ त्यागेमात्रै दुई देशको सम्बन्ध सुमधुर हुने बताएका छन्।

२१ औं शताब्दीमा पनि भारतले ‘बल्लभ भाइ पटेल’को मानसिकतामा परिवर्तन गर्न नसके दुई देशको सम्बन्ध सुमधुर हुन नसक्ने उनले बताए।

नेपाल भारतबीचको आर्थिक, सामाजिक र अन्य सम्बन्धहरु सुमधुर बनाउन नेपाल भारत दुई देशको कर्तव्य भएको उल्लेख गर्दै उनले भने, ‘आजको भारतीय संस्थापन पक्षले हिजोका बल्लभ भाइ पटेलको मानसिकतामा आधारित भएर दुई देशबीचको सम्बन्ध सुमधुर बन्छ भन्ने ठान्छ भने त्यो बन्न सक्दैन। उसले त्यो मानसिकतामा परिवर्तन ल्याउनुपर्छ। भारतले बडे भाइको दम्ब त्याग्नुपर्छ।’

उनले भारती प्रधानमन्त्री नरेन्द्र मोदीलाई २१ औं शताब्दीको उन्नत चेतनामा आधारित भएर मित्रवत सम्बन्धको सुरुवात गर्ने आँट र क्षमता देखाउन पनि आग्रह गरे।

राष्ट्रियसभामा प्रस्तुत नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७ माथिको छलफलमा उनले महाकाली सन्धिमा उल्लेख भएका कतिपय कुराहरुको गलत अर्थ लगाइएको बताए।

अधिकांश महाकाली नदी सीमा नदी हो भनेर उल्लेख भएको शब्दावलीलाई गलत अर्थ लगाइएको उनले बताए। महाकाली पारि पनि नेपाली भूमि दोधारा चाँदनी भएको उल्लेख गर्दै उनले भने, ‘महाकाली नदी सम्पूर्ण सीमानदी हो भन्न सक्ने अवस्था नेपालको छैन्। महाकाली पारी पनि दोधारा चाँदनी छन्। त्यो हाम्रो होइन भन्न सक्छौँ? सक्दैनौँ भने महाकाली सन्धिमा अधिकांश भूभाग सीमा नदी हो भनेको कुरा गलत ढंगले भनेको भनेर सोच्नु हुँदैन्।’

भारतीय पक्षका कारण पछिल्लो समय नेपाल भारत सम्बन्धमा दरार आएको उनले बताए।

वार्ताका लागि पटक पटक आग्रह गर्दा पनि विवादीत क्षेत्रमा आफै सडक उद्घाटन गर्ने अनि सेना प्रमुखले नेपालको अपमान गर्दा नेपालले त्यो सहन नसक्ने उनले बताए। ‘सीमा समस्या समाधानका लागि पटक पटक आग्रह गर्दा पनि भारतबाट बेवास्त ग¥यो। भारतीय पक्षले हेपाहा र मिचाहा प्रवृति देखाएका कारण समस्या उत्पन्न भयो। यो भारतीय संस्थापनको कुटनीतिक असफलता हो’, उनले भने।

उनले सबै असमान सन्धि सम्झौता पुनरावलोकन गर्न भारत तयार हुनुपर्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .