ad ad

समाज


डडेल्धुराका ८३ सहित सुदूरपश्चिममा १३७ कोरोना संक्रमित थपिए

डडेल्धुराका ८३ सहित सुदूरपश्चिममा १३७ कोरोना संक्रमित थपिए

गोकुल जोशी
असार ४, २०७७ बिहिबार ६:४०,

सुदूरपश्चिममा बिहीबार थप १३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा डडेल्धुराका ८३, अछाममा २९ र बैतडीमा २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य कार्यालय डडेल्धुराका कोभिड–१९ फोकल पर्सन हरि भट्टका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा सुदूरपश्चिमका थप ८३ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै अछामको मेल्लेख गाउँपालिकामा २३ जना र साँफेबगर नगरपालिकामा ६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय अछामका प्रमुख झनक ढुंगानाले जानकारी दिए।

उता स्वास्थ्य कार्यालय बैतडीका कोभिड–१९ फोकल पर्सन भुवन प्रसाद जोशीले २५ जना नयाँ संक्रमित थपिएको पुष्टि गरे। उनका अनुसार दशरथचन्द नगरपालिका १० जना, सिगास गाउँपालिकाका ६ जना, पञ्चेश्वर गाउँपालिकाका ४ जना, सुर्नया गाउँपालिकाका ३ जना र पाटन नगरपालिकाका २ जनामा कोरोना पुष्टि भएको हो। नयाँ संक्रमित २५ जना मध्ये २ जना महिला र २३ जना पुरुष रहेका छन्।

कैलालीको सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा नमूनाको चाप बढे पछि केही दिन अगाडि दुई हजार नमूना काठमाडौँ पठाइएको थियो। बिहीबार संक्रमण पुष्टि हुनेहरु सबैको परीक्षण काठमाडौँमा नै गरिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .