प्रदेश २ मा पछिल्लो २४ घण्टामा १८५ जना कोरोना संक्रमित थपिएका छन्।
थपिएकामा ७ जना महिला र १७८ जना पुरुष रहेका छन्।
प्रदेश २ का सामाजिक विकास मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरे नियमित मिडिया ब्रिफिङमा पछिल्लो २४ घण्टामा प्रदेश २ मा १८५ जना संक्रमित थपिएको बताए।
सप्तरीमा ३, सिरहामा २, महोत्तरीमा ८९, रौतहटमा ५२, धनुषामा २१, सर्लाहीमा १६, पर्सामा २ जनामा कोरोना पुष्टि भएको सचिव घिमिरेले बताए।
3
Shares
प्रतिक्रिया