ad ad

समाज


कञ्चनपुरको वसन्त सामुदायिक वनमा एक वृद्ध मृत भेटिए

कञ्चनपुरको वसन्त सामुदायिक वनमा एक वृद्ध मृत भेटिए

गोकुल जोशी
असार २, २०७७ मंगलबार ७:२३,

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ वसन्त सामुदायिक वनमा मंगलबार एक जना वृद्धको शव भेटिएको छ।

जिल्लाको कृष्णपुर नगरपालिका–१ बन्ड बस्ने ७१ वर्षीय वीरभान धानुक सामुदायिक वनभित्र मृत अवस्था भेटिएको ईलाका प्रहरी कार्यालय झलारीका प्रमुख प्रहरी निरीक्षक धर्मेन्द्र रावलले बताए।

प्रहरी निरीक्षक रावलका अनुसार दंगा प्रहरीको टोलीले फायरिङका लागि चारै दिशातर्फको फिल्ड क्लियर गर्ने बेला ती वृद्धको शव देखेका थिए। त्यसपछि प्रहरीको टोली त्यहाँ पुगेको थियो।

वृद्धले विष सेवन गरेर आत्महत्या गरेको प्रहरीको आशंका छ । प्रहरीका अनुसार ती वृद्धको शव नजिकै विष (सेल्पास) समेत भेटिएको थियो। मृत भेटिएका धानुक आफ्नो छोरीको घर कृष्णपुर नगरपालिका–१ बन्डमा बस्दै आएका थिए।

‘औषधी लिन्छु भनेर हिजो नै घरबाट निस्केका रहेछन्, आज सामुदायिक वनभित्र शव भेटिएको छ’, ईलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रावलले भने। अहिले शव पोष्टमार्टमका लागि महाकाली अस्पताल ल्याइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .