नुवाकोटको त्रिशूली अस्पतालमा ६ जनाका लागि स्टाफ नर्समा जागिर खुलेको छ।
अस्पतालले सूचना प्रकाशन गरी ६ स्टाफ नर्सका लागि आवेदन आह्वान गरेको हो।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रेमकुमार राईको हस्ताक्षरमा गत जेठ ३० गते नै प्रकाशित सूचनाअनुसार असार ४ गतेसम्म ५०० रुपैयाँ दस्तुर तिरेर इच्छुक र योग्य व्यक्तिले दरखास्त दिन सकिनेछ।
पीसीएल नर्सिङ पूरा गरेको र १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको व्यक्ति हुनुपर्ने सूचनामा उल्लेख छ।
प्रतिक्रिया