सुदूरपश्चिममा २ वर्षीया बालिकासहित थप ९ जना कोरोना संक्रमण पुष्टि भएको छ।
कैलालीको सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा डोटीका ४, अछामका ३ र कैलालीका २ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकराी दिलिप कुमार श्रेष्ठले बताए।
डोटीका २१ वर्षीया महिला, २८, ३७ र ३० वर्षीय पुरुष, अछामका २३, ३१, र २७ वर्षीय पुरुष तथा कैलालीका २ वर्षीया बालिका र ४६ वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको हो।
यो सँगै सुदूरपश्चिममा संक्रमितकाे संख्या २६१ पुगेको छ। ती मध्ये ३० जना अस्पतालबाट डिस्चार्ज भएका छन्। दुई जना संक्रमितको मृत्यु भएको छ।
प्रतिक्रिया