काठमाडौंको छाउनीस्थित वीरेन्द्र अस्पतालमा कार्यरत एक सैनिकले छातीमा गोली हानी आत्महत्या गरेका छन्।
बैतडीको सुर्मा गाउँपालिका-५ घर भएका डम्बरबहादुर विष्टले मध्यराति आत्महत्या गरेका हुन्।
छाउनी अस्पतालका एक अधिकृतका अनुसार ‘मेडिकल कोर्स’ गरिरहेका विष्टले बिहीबार राति १२ बजेतिर ड्युटीमै रहेका बेला आफ्नो छातीमा आफैंले गोली हानेका हुन्।
आफ्नो साथमा रहेको एसएलआरले छातिमा एक राउन्ड गोली हानेका हुन्। घटनास्थलमै उनको मृत्यु भएको सैनिक अस्पतालले जनाएको छ। उनले किन आत्महत्या गरे भन्ने कुरा अहले केही खुलेकाे छैन।
घटनाबारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ। अहिले ती सैनिककाे शव त्रिवि शिक्षण अस्तपाल लगिएकाे छ।
प्रतिक्रिया