ad ad

समाज


एक लाख १६ हजार मानिसको पीसीआर परीक्षण

एक लाख १६ हजार मानिसको पीसीआर परीक्षण

नेपालखबर
जेठ २९, २०७७ बिहिबार ११:७,

सरकारले अहिलेसम्म एक लाख १५ हजार ९ सय ३० जनाको पीसीआर परीक्षण गरिएको जनाएको छ।

नियमित पत्रकार सम्मेलनमा बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पीसीआर विधिबाट १ लाख १५ हजार ९ सय ३० र आरडीटी विधिबाट १ लाख ७८ हजार १ सय ४३ वटा परीक्षण भएको जानकारी दिइएको छ।

मन्त्रालयका प्रवक्ता डा. जागेशवर गौतमका अनुसार गत २४ घण्टामा पीसीआर विधिबाट ५ हजार १ सय ९४ र आरडिटी विधिबाट ५ हजार २ सय ६३ वटा नमुना परीक्षण भएको छ। अहिले देशभरीका विभिन्न आइसोलेसनमा ३ हजार ७ सय ३८ जना उपचाररत रहेका छन् । देशभरी १ लाख ६२ हजार १३ जना क्वारेन्टिनमा रहेका छन्।

बिहीबार २ सय ५० जना नयाँ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न प्रयोगशालामा गरिएका परीक्षणमा २ सय ५० जना नयाँ संक्रमित थपिएसँगै नेपालमा कुल संक्रमितको संख्या ४ हजार ६ सय १४ पुगेको छ।

नयाँ संक्रमित मध्ये २ सय ३० जना र पुरुष २० जना महिला रहेका छन्। विराटनगरमा भएको परीक्षणमा सुनसरीका ३ जना, नारायणी अस्पतालमा भएको परीक्षणमा रौतहटका ३ जना, हेटौडामा भएको परीक्षणमा बाराका ७ जना र धादिङका ७ जनामा संक्रमण देखिएको उनले बताए।

यस्तै जनकपुरमा भएको परीक्षणमा सर्लाहीका २ जना, रौतहटका १५ र महोत्तरीको ४ जनामा संक्रमण देखिएको छ। यस्तै विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा सप्तरीका ९ जना, कोसी अस्पतालमा भएको परीक्षणमा झापाका ३ जना, राप्ती अस्पतालमा भएको परीक्षणमा दाङका ८ जना, भेरी अस्पतालमा भएको परीक्षणमा रोल्पाका १४ जना र बाँकेका १३ जनामा संक्रमण पोजेटिभ देखिएको छ।

यस्तै सुर्खेतमा भएको परीक्षणमा दैलेखका ४८ जना, सुर्खेतका ७ जना, रुपन्देहीमा भएको परीक्षणमा कपिलवस्तुका १ जना, प्युठानका ७ र रुपन्देहीका २९ जनामा संक्रमण देखिएको प्रवक्ता गौतमले बताए। सेती अस्पतालमा भएको परीक्षणमा कैलालीका ७, बाजुरा १८ जना र बझाङका २ तथा धुलिखेल अस्पतालमा भएको परीक्षणमा पश्चिम नवलपरासीका ६ जना र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा भएको परीक्षणमा कपिलवस्तुका १ र रौतहटका ३९ जनामा कोरोना पोजेटिभ देखिएको छ।

कोरोनाबाट मृत्यु हुनेको संख्या अहिलेसम्म १५ पुगेको छ। बिहीबार १ सय ८७ गरी अहिलेसम्म जम्मा ८ सय ६१ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .